भिडियो रिलिज | "आउ हामी सबै मिली नेपाल बनाऔँ"
आर्टिस्ट नेपाल
गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठको शब्द तथा सँगीतबद्ध "आउ हामी सबै मिली नेपाल बनाऔँ" बोलको सन्देशमुलक राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ । सुमन सहित नकुल कार्की, सुम्निमा सिंह तथा सन्जिता चौलागाईको स्वर यस् गीत गीत तथा भिडियोमा रेडियो जगतमा दश बर्ष बिताईसकेका आर जे मनोज के.सी "समय"को पनि आवाज सुन्न सकिनेछ ।दिनेश श्रेष्ठको एरेन्ज रहेको गीतमा धेरै समय देखी मुरली बादकको रुपमा काम गरीरहनु भएका नगेन्द्र राईको कलात्मक मुरलीको धुन पनि सुन्न पाईन्छ ।
लामो समयदेखी मीडिया क्षेत्रमा प्रोग्राम प्रोडुसरको रुपमा कार्यरत संचारकर्मी सरोज श्रेष्ठले यस् भिडियोको निर्देशन गरेका छन । एउटा सन्देशमुलक गीत भएकोले सबैले पोजिटीभ म्यासेज पाउनेमा उनी आशावादी रहेका छन । भिडियोमा नबिन श्रेष्ठको सिनेम्यातोग्राफी रहेको छ । भिडियोमा कलाकारहरु बिक्की पुलामी मगर, मियुन जिरेल, बिमल रुम्दाली, सपना रोक्का, अनामिका काफ्ले र सविना कार्की र संचारकर्मी सुनिता डँगोलको सँयुक्त्त अभिनय हेर्न पाईन्छ ।
भिडियो हेर्नुहोस्
फोटो हेर्नुहोस्








भिडियो हेर्नुहोस्
फोटो हेर्नुहोस्







